अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

मन्त्रालय सन्देश १

अछामः अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बिनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र सोही ठाउँ बस्ने ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन्।

 

जिल्ला वन डोटी

साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद लुकाएका थिए। यस्तै कार्कीले पनि आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली ९ वटा र बारुदसहित फेला पारी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

पोषण खाजा सम्बन्धि सन्देश

इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घर तथा बारिमा खाँनतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसा र बारुद फेला पारी पक्राउ गरेको जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.