कैलालीको धनगढीमा मालवाहक ट्रक भित्र पुरुषको शव फेला

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

आज (आइतवार) बिरगंजबाट धनगढी सामान लिएर आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको प्रहरीले जनाएको छ। बिरगंजबाट फलामको रड र पलास्टिकको बोरा लिएर आएको मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ३८/४० वर्षीय एक पुरुषको शव फेला परेको हो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टलका अनुसार आज उक्त ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रक को पछाडी शव फेला परेको थियो।एसपी विष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

नियन्त्रणमा रहेका ट्रकका चालक र सहचालकले आफुहरुले ट्रकमा भेटिएको शव कस्को र कसरी आएको भन्ने जानकारी नभएको र आफुहरुले पनि  सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएका छन्। पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।साथै मृतक र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.