डिभिजन सडक जनचेतनामूलक सन्देश

केटीको चक्करमा धनगढीमा ‘हतियारकाण्ड’, पाँच जना पक्राउ

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

धनगढीः कैलालीको धनगढीमा केटीको चक्करमा हतियार प्रहारसम्मकै घटना घटेको छ।यो घटना हिजो मध्यरातिको हो। दुई केटाका एउटै प्रेमिका परेपछि केटाहरुबिच कुटाकुटदेखि कुनै सम्वन्ध नै नभएका ट्याङ्कर चालक र सह—चालकमाथि धारिलो हतियार प्रहारसम्मको घटना धनगढीमा घटेको विषय बाहिर आएको छ। त्रिनगर भन्सार नाकामा पार्किङ गरेर राखिएका ट्याङकरका चालक र सह–चालकमाथि हरियार प्रहार भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

विवाद उत्पन्न गराउने भनिएका ट्याङकरका सह–चालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल–सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी–२ का १६ वर्षीय पुस्कर धामी, इसान गुरुङ र सनम राई पक्राउ परेका छन्। एक जना भने अझै फरार छन्। मल्ल र बोगटीलाई हिजो राति नै र तीन जनालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए।

ट्याङकरका हरेन्द्र देउवा र सह–चालक अनिल देउवालाइ हतियार प्रहार गर्ने मुस्कान सिंहसहितका केही व्यक्तिहरु भने फरार छन्। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा रहेका ट्याङकरका सह–चालक बिक्रम मल्ल र पुस्कर धामीबिच प्रेमिकाको विषयलाई लिएर भएको विवादले घटना घटेको खुलेको छ।

विज्ञापन

मल्ल धनगढीको नवदुर्गा माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत एक किशोरीसँग प्रेम सम्बन्धमा थिए भने उनीसँग विवाद गर्ने पुस्कर धामी पनि ती किशोरीसँग अध्ययन गर्ने विद्यार्थी हुन्। किशोरीसँगको चिनजानका कारण उनीहरु दुवै जना (मल्ल र धामी) पनि फेसबुकमा साथी भएका थिए। प्रहरीकाअनुसार मल्लले धामीले समेत आफ्नो प्रेमिकालाई विद्यालयमा जिस्काउने गरेको कुरा थाहा पाएपछि दुबै जनाबिच विवाद सुरु भएको थियो।

धामीले बिना कारण आफूमाथि आरोप लगाएको र मल्लले प्रेमिकालाई जिस्काएको निहुँमा दुवैबिच वादविवाद चल्दै आएको थियो। ‘बिक्रम मल्लसँग प्रेम सम्बन्धमा रहेकी किशोरीलाई पुस्कर धामीले जिस्काउने गरेको कुरा थाहा पाएपछि स्कुलमै आएर कुट्छु भन्ने धम्की फेसबुकबाट दिएको देखिन्छ,’ एसपी बिष्टले भने, ‘शनिबार पनि फेसबुकमै झगडा परेपछि धामीले नै मल्ललाई मिलन चोकमा बोलाएको देखिन्छ।’

अर्का सह–चालक अरुण बोगटीलाई लिएर धामीलाई भेट्न मल्ल मिलनचोक पुगेका थिए। धामी पनि नवदुर्गा माध्यमिक विद्यालयमै कक्षा ८ मा अध्ययनरत सनम राई र ७ मा अध्ययनरत इसान गुरुङलाई लिएर मल्ललाई भेट्न पुगेका थिए। अनि दुई पक्षबिच एकआपसमा हात हालाहाल भएको थियो। सोही समयमा मल्लले धामीको टाउकोमा फलामको रड जस्तो देखिने वस्तुले हिर्काएका थिए।

ट्याङकरका अन्य सह–चालकसहित ठुलो समूह त्यहाँ पुगेपछि धामीको समूह भागेको थियो। मल्ल र बोगटीबाट कुटाइ खाएपछि पुस्कर धामीसहितका तीन जना किशोर भागेर घर गएका थिए। तर कुटाइ खाएका धामीमा भने बदलाको भाव थियो। धामीले अन्य ६/७ जना किशोरलाई घटनाबारे जानकारी दिएर आफूमाथि आक्रमण गर्ने ट्याङ्कर चालक मल्ल र सह–चालक बोगटीलाई कुट्ने योजना बनाउँछन्।

सोही योजनाअनुसार मुस्कान सिंहसहितको समूह पार्किङ गरिएका ट्याङकरमाथि प्रहार गर्छन्। ट्याङकर तोडफोडमा उत्रिएको थाहा पाएपछि ना ६ ख ९४०६ नम्बरको ट्याङकरका चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवाले किन त्यस्तो गरेको भनेर सोध्न जादा उनीमाथि धारिलो हतियार प्रहार गर्छन्। उनीसँगै रहेका सोही ट्याङकरका सहचालक कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवालाई समेत हतियार प्रहार गरेका थिए। दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.