डिभिजन सडक जनचेतनामूलक सन्देश

बुधबार देखिको अविरल वर्षा संगैको हावाहुरीले जोरायलको बास्मती धानबालीमा नोक्सानी

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

बुधबार साँझ देखि परेको अविरल वर्षाका कारण भर्खर बाला लाग्न सुरु भएको जोराइले बस्मती धान बालीमा ठूलो नोक्सानी पुगेको छ।

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

बास्मति धान खेतीका लागि पकेट क्षेत्र रहेको जोरायल गाउँपालिका ३ र ४ का खेतमा अविरल वर्षा संगै आएको हावहुरीले भर्खरै फल्न सुरु गरेको ५० औँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सान पुर्‍याएको हुनसक्ने कृषि विकास साखा जोरायलका प्रमुख प्रदीप साउँदले बताए ।उनका अनुसार यस वर्षको पानी र हावाका कारण भएको नोक्सानीले जोरायलको बास्मती धान उत्पादनमा १५ देखि २० प्रतिशतले कमि आउन सक्ने आफुले अनुमान गरेको बताए ।पहिले समयमा पानी नपर्दा रोपाइँमा समस्या आएको अहिले अत्याधिक पानी संगैको हावाले धान ढलेर सबै सत्यनास भएको उनको भनाइ छ ।

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

स्थानीय किसान पार्वती मडैले आफ्नो लगभग १५ रोपनी खेतमा लगाइएको बास्मती धान सबै ढलेर नोक्सान भएको जनाइन ।उनले आफ्नो बर्षभरी खाने साथै बिक्री गरेर घरखर्च समेत चलाउने धान खेती सबै फल लाग्ने समयमा ढलेर पुरै खेतभरि सत्यनास भएकोले अब के गर्ने भन्ने सोच्न नसकेको बताइन।

 

जोरायल क्षेत्रको मुख्य खाध्यान्न बालीको रुपमा बास्मती धान रहेको छ ।यस क्षेत्रको बास्मती धान नेपालभर ख्यातिप्राप्त छ ।तर यस पटकको वर्षा संगैको हावाहुरीले अन्य धान भन्दा बास्मती धानलाइ बढी क्षेती गरेको किसानले बताएका छन । त्यस्तै जोरायल फाँट भएर बग्ने नदिको बाढी र विभिन्न क्षेत्रमा गएको पहिरोले समेत धान खेतमा क्षेती पुर्याएको छ ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.