डोटी । डोटीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन जिल्लाको आदर्श गाउँपालिका -६ बस्ने ३८ बर्षिय लाल रैकाल करिब १९ बर्षिया किशोरीलाई करणी गरेको आरोपमा आईतवार पक्राउ परेका हुन ।
गत भदौ ३१ गते सिलगढी (१३ नाम परिर्वतित ) किशोरीलाई घाँटी थिचेर जबर्जस्ती करणी गरेको र नगत ३० हजार लुटेर भागेका अभियुक्त रैकाललाई ईलाका प्रहरी कार्यलय आदर्श बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय डोटीका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए । करणी गरि फरार रहेका रैकाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।