डोटीमा बलात्कार गरेर फरार युवक आमाको किरियामा बसेका बेला पक्राउ

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

 

डोटीमा जबरजस्ती करणी गरेर फरार भएका युवक आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

 

जिल्ला वन डोटी

रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोगमा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको डीएसपी भट्टराईले बताए । स्रोतकाअनुसार घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए ।

आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.