कृषिमा रमाउँदै डोटीका मुकुन्द

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

कृषि पढेर जागिर नै खानु पर्छ र पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने आम सोचाइ गलत रहेको पुष्टि गर्दै कृषिमा लागेका युवा उद्यमी मुकुन्द अवस्थी अहिले सबैका प्रेरणाको स्रोत बनेका छन । २०७३ सालमा कृषि विज्ञान अध्यन गरेका मुकुन्द अहिले व्यावसायिक टमाटर खेतीमा रमाएका छन ।

कुनैबेला बेरोजगार भएकै कारण बिदेश जाने समेत सोच बानाएका मुकुन्द अहिले युवा उद्धमीका रुपमा परिचीत भएका छन । कृषि ज्ञान केन्द्र डोटीको वृहत तरकारी उत्पादन कार्यक्रमको सहयोग तथा आदर्श गाउपालिकाको सहकार्यमा आदर्श गा पा १ मा अहिले मुकुन्दले २५ वटा वासको टनेलमा स्वचालित थोपा सिचाई जडान गरि तरकारी खेतीमा लोभ लाग्दो नतिजा प्रस्तुत गरेका छन।

समाजिक विकास कार्यालय
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

मुकुन्द भन्छन ,”कृषि क्रान्ति भनेको अरु केहि नयाँ नभई यस्तै कार्य नै हो। अर्काको देशमा पसिना वगाउनु भन्दा आफ्नै देशमा आफ्नो घर परिवार संग वसी पसिना बगाउदा आफ्नै गाउ/समाजको विकास हुन्छ “। आफुले कृषिमा केही नयाँ गर्दै अन्यलाई समेत रोजगारी दिने उनको सोच छ ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले आफुले युवा कृषक मुकुन्दको मेहनत र आँट देख्दा असाध्यै खुसी लागेको बताए । उनले अन्य युवा तथा सरोकारवाला सवैले मुकुन्दको वारीमा भ्रमण गरि पौरखी युवालाई थप हौसला प्रदान गरि दिन र केही सिक्न समेत अनुरोध गरेका छन । प्रमुख अवस्थीले कृषि ज्ञान केन्द्रले युवालाई गरेको बिश्वास कायम राख्न सफल भएकोमा मुकुन्दलाई बधाई सहित दिगो कृषि कार्यका लागि शुभकामना व्यक्त गरेका छन ।

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.