
पछिल्लो समय डोटीका किसान स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । गाउँ सम्म स्तरीय सडक नहुदा केजिको १५ रुपैयाँ सम्म भाडा तिरेर बजार सम्म्म पुर्याउनु पर्ने बाध्यता समेत रहेको छ ।
बाउ बाजेले खेती गर्दै आएको जमिन सिचाइ सुबिधा र अन्य कारणले बाझो हुन थाले पछि स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले ब्यवसायिक रुपमा सुन कागती खेती गर्न थालेको बडिकेदार गाउँपालिका वडा नम्बर २ खरहरका किसान करन साउदले बताउनु भयो । सिचाइ सुबिधाको चरम समस्या रहे पनि आफुले कागती खेती बिस्तार गर्दै अहिले करिब ४ हजार २ सय बोटा कागतिको रोपेको उहाँले बताउनु भयो ।

बुवा र आफू मिलेर कागती खेती गर्दै छौ गोडमेल गर्न बनमारा कुरि झारलाई काट्न चाहिँ निकै समस्या हुने गरेको उहाँ बताउनु हुन्छ । कागती गोड्न दुई महिना लाग्छ यो बर्ष आकासे पानी अलि धेरै परेकाले सिचाइ गर्न सहज भएको उहाँले बताउनु भयो ।

अहिले आधाजती कागती फल्न सुरु गरेको छ। सडकको समस्याले गर्दा बजार सम्म पुर्याउन अफ्ट्यारो हुनेगरेको उहाले बताउनु भयो । यस पाली पनि दुई वटा ब्यापारी सघ कुरा गरिसकेको र उत्पादन भएको सबै कागती बजार सम्म पठाउने योजना छ अहिले बारीबाट बिपिनगर बजार पुर्याउदा केजीको १५ रुपैयाँ भाडा तिर्ने गरेको र बजारमा कागती ४० रुपैयाँ केजि बिक्री गर्दै आएको उहाँले बताउनु भयो ।
यस बर्ष कागती बाट राम्रो आम्दानी हुने आसा उहाँले राख्नु भएको छ । अर्गानिक रुपमा उत्पादन गर्दै आएको कागती प्रतेक बर्ष मल मात्र ३० हजार भन्दा बढिको खरिद गर्ने गरेको उहाँले बताउनु भयो । पालिकाले त त्यस्तो सहयोग केही गरेको छैन तर कृषि ज्ञानकेन्द्र डोटीले सहयोग गरेको उहाँले बताउनु भयो ।
कृषि ज्ञानकेन्द्र डोटीले च्याफ कटर, ७ सय बोटा कागति बगौचाको लागि बिषादीहरु सहयोग गरेको छ । हामिले सक्ने जति गरिरहेका छौ उहाँले कागती खेती राम्रो गर्नु भएको छ आवस्यक सहयोग गर्न फेरि पनि तयार छौ बाझिन थालेको जमिनमा युबाहरुले कृषि गर्दा समाजमा समेत यसको प्रभाब पर्छ । पछिल्लो समय जिल्लामा कृषि तर्फ युवाहरु आकर्षित भएका छ्न जुन राम्रो पक्ष रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो
आफ्नै देशमा पनि केही गर्न सकिन्छ तर कृषि गर्ने किसानहरुलाइ सरकारले अनुदान, ऋण, राहात , आवस्यक उपकरणहरु मल सहयोग गर्ने हो भने आफ्नै देशमा बसेर पनि राम्रो आम्दानी गर्न सकिने किसान साउदले बताउनु भयो ।



