डोटीमा पछिल्लो समय तरकारी खेती फलफुल खेती उल्लेखनीय रुपमा बिस्तार भैरहेको छ । जिल्लाको अदुवा , बेसार , सुन्तला , अलैंची , किबि लगायतका फलफुल खेती बिस्तार हुँदै गएको छ ।
कति पय ठाउँमा पानीको पर्याप्त भए पनि कुनै कुनै ठाउँमा जलबायु परिबर्तनले गर्दा बर्खाको समय मात्र पानी हुने र हिउदमा पानीको चरम अभाव हुने ठाउँमा समेत किसानले तरकारी र फलफुल खेती गर्दै आएका छ्न । डोटीको जोरायल गाउँपालीका वडा नम्बर १ घोरडीका किसान टीका सिंह मल्लले पानीको चरम अभाबका बिच बर्षातको पानीलाई संकलन गरि तिन वटा टनेल ( पोलिहाउस मा ) टमाटर खेती गर्दै आउनु भएको छ ।

उहाँले हिउँदमा पानीको निकै समस्या हुनेगरेको र बर्खायाममा आकासे पानी संकलन गरि सुरु गरिएको टमटार खेती बाट पहिलो चरणमै ४ कुण्टल भन्दा बढी टमाटर बिक्रि गरिसकेको बताउनु भयो । पहिले ६० रुपैयाँ केजि सम्म पनि बेचियो तर अहिले ९० रुपैयाँ केजि सम्म बिक्रि गर्दै आएको उहाँले बताउनु भयो । गोठेमलको प्रयोग गर्दै बिषादी युक्त टमाटर उत्पादन गर्दै आएको र ब्यापारी हरु घरमै आएर टमाटर खरिद गर्दै आएका छ्न । उहाँले भन्नुभयो घर खर्च चलाउन मुस्किल छैन बिदेश पनि जानू परेको छैन । गरे पछि आफ्नै देशमा पनि मेहन गर्यो भने त्यति धेरै गाह्रो नहुने बताउनु भयो ।

कृषि ज्ञानकेन्द्र डोटीले एउटा टनेल अर्थात पोलिहाउस निर्माण गर्न ५० प्रतिसत अनुदान दिएको र दुई वटा चाहिँ आफ्नै लगानिमा निर्माण गरिएको उहाले बताउनु भयो । गाउँपालिकाले त्यति धेरै सहयोग त गरेको छैन प्राबिधिक सहयोग ,पलाष्टी लगायतका सामाग्री उपलब्ध गराएको उहाँले बताउनु भयो ।

तरकारी खेती बिस्तार गर्न पानी नभएको जमिनमा समस्या एकातिर हुँदै गर्दा अर्को तर्फ कृषि सामाग्री औंजार नहुदा समस्या भएको उहाँले बताउनु भयो । आज भोलि स्थानीयले गोरु पाल्नै छोडिसक्यो आफू सघ हाते ट्याक्टर पनि छैन । अर्कालाई मागेर जमिन जोत्नु पर्ने अबस्थामा रहेको उहाँले गुनासो गर्नु भयो ।पर्याप्त मात्रमा अनुदान प्राबिधिक कृषि सामाग्री उपलब्ध हुने हो भने टमाटर खेती थप बिस्तार गर्ने उहाले बताउनु भयो ।
जिल्लामा कृषि गर्ने कृषकको संख्या बढ्दै गएको छ । यो राम्रो पक्षहो कृषि गर्ने किसानलाइ कृषिज्ञान केन्द्र डोटीले आवस्यक सहयोग गर्ने कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो



