भरुवा बन्दुक सहित डोटीमा दुइजना पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

हिजो शुक्रबार भरुवा बन्दुकसहित डोटीमा दुई जना सिकारीलाई प्रहरीले  पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउद रहेको प्रहरीले जनाएको छ ।उनिहरु  दुबै जनालाई धानको खेतमा लुकेर बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय डोटी बाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित राती पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरि कोइरालाले जानकारी दिए।

शुक्रबार पक्राउ परेका अभियुक्त सहित ३० वार्षिय स्थानीय अम्मर थापा पुर्वीचौकि -६ गाँजरीको बतातडाको घोतल्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएको बेला थापको गोली लगेर ज्यान गएको थियो । उक्त घटना घटेको जानकारी पाइसके पछि खटिएको प्रहरी टोलीले  घटनास्थल नजिकबाट भरुवा बन्दुक बरामद गरेको थियो ।त्यस्तै अभियुक्त दुवैजनालाइ  दिपायल सिलगढी नगरपालिका–८ नारिदाङ स्थित धानको खेतमा लुकेर रहेको अवस्थामा पक्राउ  गरिएको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.