शव गाड्ने क्रममा कुकुर भुकेपछि पत्ता लागे पोखराकी किशोरी हत्यारा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डडेल्धुरा, २७ असोज- डडेल्धुरामा किशोरी हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पोषण खाजा सम्बन्धि सन्देश

उनीमाथि अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्याको आरोप छ ।

जिल्ला वन डोटी

भण्डारीले आरतीको आफूले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

भण्डारीले पोखरा बजारस्थित आफ्नै भण्डारी पुस्तक तथा स्टेशनरी पसलको भित्री कोठामा घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । भण्डारीले आफ्नो पसलमा आएकी आरतीलाई कुराकानीका क्रममा आवेशमा आएर हत्या गरेको बताएका छन् ।

आरतीको शव पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा भेटिएको थियो ।

शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि भाग्ने क्रममा भण्डारी मोटरसाइकलसहित नालीमा खसेका थिए । त्यसपछि स्थानीयले हत्यामा उनको संलग्नता रहेको पत्ता लगाएका थिए ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.