डोटीको बडिकेदारमा मौरीपालनबाट आम्दानी गर्दै शिक्षिका मिना मल्ल

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर -२ बर्छैनमा शिक्षण पेशासँगै करिब १३ बर्ष अगाडि देखि मौरीपालन व्यवसायमा मिना मल्ल रमाउनु भएको छ l मल्ल बर्छैन माध्यामिक बिधालयमा शिक्षिका रहनुभएको उहाँ मौरी पालन ब्यवसाय गर्दै आउनु भएको छ।

कुनै पनि सरकारको लगानी बिना उहाँले अहिले ३४ घार मौरी बाट एक सिजनमा करिब १ लाख रुपैयाँको मह बेच्दै आउनु भएको छ।आधुनिक र परम्परागत मौरी घार बाट राम्रो आम्दानी गर्न सफल हुनु भएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

मौरी पालन बाट धेरै दुःख नहुने अरु पेसा भन्दा सहज भए पनि जलबायु परिवर्तनले गर्दा धेरै बर्षा हुँदा फुलहरु झर्ने हुँदा अलि समस्या हुने र मौरीहरुले घार छोडेर भाग्ने समस्या हुने गरेको उहाँले बताउनु भयो । दिन भरि बिधालय र त्यस पछिको काम भनेको मौरीको हेर बिचार सघै बाख्रापालन पनि रहेकाले त्यहि काममा ब्यस्त हुने गरेको उहाँ बताउनु हुन्छ।
बर्षमा लगभग ३ देखि ४ चोटि मह निकाल्ने गरेको र ३ सय देखि ४ सय केजि सम्म मह उत्पादन हुँदै आएको र केजिको १ हजार रुपैयाँमा बेच्ने गरेको मल्लले बताउनु भयो ।

अहिलेसम्म कसैले पनि सहयोग नगरेको बताउदै आफुलाइ स्थानीय सरकारले सहयोग गरेको खण्डमा ठूलो मौरी फर्म नै खुल्ने योजना उहाँले सुनाउनुभयो। बजारको त्यति धेरै समस्या नभएकाले स्थानीय बजारमै मह खपत हुने गरेको छ । काठमाडौँ सम्म पनि मह बिक्री गर्दै आएकि छु सरकारले मौरी घार मात्र सहयोग गर्ने हो भने मौरी फर्मनै खोल्ने उहाले बताउनु भयो ।

त्यस्तै बडिकेदार गाउँपालिका -५ का दीर्घ बहादुर मल्लले पनि मौरीपालन ब्यवसाय बाट बार्षिक ५ लाख भन्दा बढि आम्दानी गर्दै आएका छ्न । ग्रामीण बजारमै मह खपत हुने गरेकाले बजारको त्यति धेरै समस्या नरहेको मल्लले बताउनु भयो ।
जिल्ला भरि ८ सय बढि मौरी घार रहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । मौरी पालन गर्ने किसानलाई कृषि ज्ञान केन्द्र डोटीले ५०% अनुदान दिने गरि कार्यक्रम ल्याएको र फर्म वा समूह मार्फत उहाँ लाई सहयोग गर्न सकिने भएकाले कृषि ज्ञान केन्द्र डोटी सहयोग गर्न तयार रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो।

पहाडि भेगमा मा पाईने मौरीको मह विभिन्न रोगको ओखती हुने भएकाले यस व्यवसायलाई व्यवस्थित गरी उत्पादन बढाउन र युवालाई यस व्यवसायतर्फ आकर्षित गर्न सकेमा रोजगारीका अवसरहरू सृजना हुने देखिन्छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.