गुल्मीमा तिहार लक्षित व्यवसायिक फूल खेती बढ्दै

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

गुल्मी जिल्लामा व्यवसायिक फूल खेतीको विकाससँगै अब फूलका लागि बाहिरी शहरको भर पर्नुपर्ने अवस्थाले बिस्तारै अन्त्य हुँदैछ। अघिल्लो समय ठूला मेला र महोत्सवका लागि बुटवललगायतका शहरबाट फूलका माला ल्याउनुपर्ने बाध्यता थियो। तर पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीहरूमा तिहार पर्वलाई लक्षित गरी फूल खेती गर्ने कृषकहरूको संख्या बढ्दै गएको छ।

गाउँघरमा फूल मागेर माला बनाउने परम्परा थियो, तर हाल व्यवसायिक फूल खेतीलाई प्राथमिकता दिइएको छ। स्थानीय तहले कृत्रिम फूलका माला निषेध गरेसँगै व्यवसायिक फूल खेतीमा आकर्षण बढेको हो। अहिले जिल्लामा करिब ३० जना कृषकहरू व्यवसायिक रूपमा ठूलो परिमाणमा फूल उत्पादनमा संलग्न छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपालीले यस वर्ष २ रोपनी जग्गामा फूल खेती गरेका छन्। प्रेमले गत वर्ष ३ रोपनीमा खेती गरेका थिए तर माग कम भएकाले क्षेत्र घटाएका छन्। यस्तै, रेसुङ्गा नगरपालिका–१० का बिनोद कुँवरले पनि फूल खेतीको क्षेत्र घटाएर यसवर्ष एक रोपनीमा मात्र सीमित गरेका छन्। जिल्लाभर हाल ५० रोपनीमा फूल खेती भइरहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

जिल्लामा फूल खेती गर्ने कृषकहरूको सङ्ख्या बढाउन कृषि ज्ञानकेन्द्रले प्राविधिक ज्ञान र बीउ वितरणका साथ तालिमहरू प्रदान गर्दै आएको छ। सामान्य मेहनत र थोरै लगानीले पनि नगदे बालीका रूपमा फूल खेतीलाई लिइन्छ, विशेषगरी तिहार, विवाह, मेला महोत्सवका लागि फूलको माग उच्च हुने गर्छ। यसवर्ष तयारी प्रति माला २०० रुपैयाँ र प्रति केजी ५०० रुपैयाँमा बिक्री भइरहेको छ।

तर, उन्नत जातका फूलको प्रयोगले गर्दा रैथाने फूलहरू भने हराउँदै गएका छन्। फूल खेतीले जिल्लामा आर्थिक सम्भावना बलियो बनाएको छ, जसले गर्दा गुल्मी जिल्लाले आफ्नो फूल आवश्यकतामा आत्मनिर्भर बन्ने आशा गर्न सकिन्छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.