डोटीका युवा कोशराज भट्टको बेमौसमी काक्रा खेतीमा सफलता

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटीको शिखर नगरपालिका-१० का युवा कोशराज भट्टले कृषि शिक्षालाई व्यावहारिक बनाउँदै बेमौसमी काक्रा खेती सुरु गरेका छन्। आई.एस्सी. एग्रो कल्चर (कृषि) अध्ययनपछि भट्टले आफ्नो ज्ञानलाई नयाँ रूप दिएर कृषिमा उद्यमशीलताको बाटो रोजे। मेहनती र उदाहरणीय कृषकको रूपमा परिचित भट्टले अन्य युवालाई पनि प्रेरणा दिइरहेका छन्।

यो वर्ष भट्टले परीक्षणको रूपमा एकवटा टनेलमा बेमौसमी काक्राको खेती सुरु गरे। सामान्यतया यो सिजन काक्राको उत्पादनका लागि अनुकूल मानिँदैन, तर यस समयमा उत्पादन गरिएको काक्राको बजार मूल्य उच्च हुने भएकाले उनी सफल भएका छन्। भट्टले भने, “यस वर्षको सफलताबाट उत्साहित भएर, आगामी वर्ष थप पाँचवटा टनेलमा बेमौसमी काक्राको खेती गर्ने लक्ष्य छ।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

हाल भट्टसँग तीनवटा टनेल छन्। कृषि ज्ञान केन्द्र डोटीले यस वर्षको अन्त्यसम्ममा यो संख्या १० पुर्‍याउन थप सहयोग गर्ने योजना बनाएको छ। यसले स्थानीय स्तरमा कृषिलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीले कृषिमा उच्च शिक्षा हासिल गरेका युवालाई जागिरको खोजीमा नलागी उद्यमशील बन्न आग्रह गरे। उनले भने, “कृषिमा अध्ययन गरेका युवाले उद्यमी बन्ने हो भने हामी जस्तोसुकै सहयोग गर्न तयार छौं। यस आर्थिक वर्षमा कृषि विकास कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ, जसले युवा उद्यमशीलतालाई टेवा पुर्‍याउँछ।”

परम्परागत खेतीलाई परिमार्जन गरी नयाँ प्रविधि र बेमौसमी खेतीमा युवाहरूको आकर्षण बढेमा ग्रामीण क्षेत्रको आर्थिक अवस्थामा सुधार आउने अवस्थीको विश्वास छ। कोशराज भट्टले देखाएको उदाहरणले सम्भावनाको ढोका खोल्दै डोटी क्षेत्रका अन्य युवालाई पनि कृषि क्षेत्रमा नयाँ सोचको साथ अघि बढ्न प्रेरित गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.