रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा थप १३ दिनको हिरासत

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

कास्की — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १३ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

जिल्ला वन डोटी

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो। न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतबारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

रास्वपा सभापति लामिछानेलाई यो चौथोपटक म्याद थप गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.