धनगढीमा किशोर अपहरण, बन्धक र कुटपिटको आरोपमा तीन जना पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

धनगढीमा दुई किशोरलाई अपहरण गरी बन्धक बनाउँदै लागुऔषध खुवाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। अपहरण पर्नेहरुमा बझाङक स्थायी घर भइ हाल धनगढीमा पढाई गरिरहेका १७ वर्षीय योगेश धामी र अशोक खड्का रहेको प्रहरीले जनाएको छ । उनिहरु दुवैजना मंसिर ९ गते राति आफ्नै कोठाबाट अपहरणमा परेका थिए।

प्रहरीका अनुसार, ती किशोरहरूलाई धनगढीको तारानगरस्थित एउटा सुनसान घरमा लगेर बन्धक बनाइएको थियो। त्यहाँ उनीहरूलाई ५ वटा लागुऔषध ट्याब्लेट खुवाई कुटपिट गरिनुका साथै खुकुरी देखाएर डरधम्की दिइएको उजुरी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा कञ्चनपुर बेलौरीका १८ वर्षीय अमित नेगी, डडेलधुरा अमरगढीका १८ वर्षीय विशाल भट्ट, र कैलाली गोदावरीका २४ वर्षीय भुपी खड्का संलग्न रहेको देखाएको छ। पक्राउ परेका तीनै जनाको कोठाबाट एक थान खुकुरी बरामद गरिएको छ भने कुटपिटको भिडियो प्रमाण पनि फेला परेको छ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक सोधपुछपछि उनीहरूविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

घटना सार्वजनिक भएपछि स्थानीयबासीमा चिन्ता र आक्रोश छाएको छ। प्रहरी निरीक्षक योगेश खत्रीले किशोरहरूलाई लक्षित गरी गरिएको यस्तो जघन्य अपराधप्रति गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीहरूलाई कडा कारबाही गरिने बताए।

यस घटनाले धनगढी क्षेत्रमा किशोर-युवाहरूको सुरक्षामा थप सजगता र सतर्कता आवश्यक रहेको देखाएको छ। स्थानीय प्रशासनले शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी दिन आम जनसमुदायलाई आग्रह गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.