डिभिजन सडक जनचेतनामूलक सन्देश

सुन्तलाको गन्तव्य, कैलालीको सहजपुर

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

कैलालीको सहजपुर हालैका वर्षहरूमा सुन्तलाको प्रमुख गन्तव्यका रूपमा ख्याती कमाउँदै आएको छ। सडक किनारका पसलहरूमा हिजोआज सजाइएका सुन्तलाका थुप्रोहरूले सहजपुरलाई पर्यटकीय र व्यापारिक केन्द्र बनाएको छ।

सुन्तला यहाँ डोटीको जोरायल, बडिकेदार, र बोगटान क्षेत्रबाट ल्याइन्छ। यहाँका सुन्तलाको रसिलो स्वाद र ताजगीले यसलाई सुदूरपश्चिमभरि प्रख्यात बनाएको छ। प्रति केजी १३० देखि १५० रुपैयाँमा बिक्री हुने यी सुन्तलाको माग हरेक दिन बढ्दो छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

स्थानीय व्यापारीहरूले बिहानैदेखि डोटीका किसानहरूसँग सहकार्य गरेर ताजा सुन्तला बजारमा पुर्‍याउँछन्। “हामी किसानको बारीबाट सिधा सुन्तला ल्याउँछौं। यहाँ प्रत्यक्ष बिक्री हुँदा किसानलाई पनि राम्रो फाइदा हुन्छ,” एक व्यापारीले भने।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

सुन्तला किन्दै गरेका एक ब्यक्तिले भने, “सहजपुरको सुन्तलाको मिठास अरू कुनै ठाउँको सुन्तलामा पाइँदैन। यहाँ आइपुग्नुको मज्जा नै सुन्तलाले दिन्छ।” यात्रुहरूका लागि यो स्थान अब सुदूरपश्चिमको स्वादिलो र सस्तो सुन्तला किन्नुका लागि छुटाउनै नहुने गन्तव्य बनेको छ।

सुन्तला व्यापारले सहजपुरलाई मात्र नभई डोटी र आसपासका किसानहरूलाई पनि आर्थिक रूपमा सबल बनाएको छ। किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने र व्यापारीहरूले थोक व्यापारमार्फत ठूलो मुनाफा गर्ने गरेका छन्।

सुन्तलाको मागले कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिममा रोजगारी सिर्जना गरेको छ। सहजपुर अहिले कृषि पर्यटनको नयाँ सम्भावनाको रूपमा देखिएको छ। स्थानीय प्रशासन र व्यवसायीहरूले सुन्तला व्यापारलाई अझै व्यवस्थित बनाउन र यस क्षेत्रलाई थप आकर्षणको केन्द्र बनाउन थप योजना अघि सार्नुपर्ने देखिन्छ ।

सहजपुरको सुन्तला संगै हुने अन्य कृषि उत्पादनको व्यापारले सुदूरपश्चिमका किसान र व्यापारीहरूलाई आत्मनिर्भर बनाउँदै यस क्षेत्रलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन मद्दत गरिरहेको छ। यो कृषि उत्पादन र व्यापारको सफल उदाहरण हो, जसले सुदूरपश्चिमलाई पहिचान दिलाएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.