श्रीमतीमाथि कुटपिट आरोपमा उपप्राध्यापक पक्राउ

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

धनगढी: श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार, भट्टमाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो। शनिबार धनगढीस्थित आफ्नै घरमा श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा जयन्तीका दाजुले जाहेरी दिएका थिए।

प्रहरीले अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको छ। कुटपिटका कारण घाइते भएकी जयन्तीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पृथ्वीराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छन्। उनी धनगढीको मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन्। प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवादका कारण उनले श्रीमतीमाथि कुटपिट गरेका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.