अत्तरियामा लागू औषधसहित दुई युवक पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलालीको गोदावरी नगरपालिका-२ स्थित लोटस गल्लीमा लागू औषध (हेरोइन) सेवन गरिरहेको अवस्थामा दुई युवकलाई पक्राउ गरिएको छ।

जिल्ला वन डोटी

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत अपराध अनुसन्धान शाखाको टोलीले साँझ ५:३० बजे योगेश सिंह धामीको कोठामा छापा मारी गोदावरी नगरपालिका-२, तेघरीका ३२ वर्षीय सुरेन्द्र भट्ट र २८ वर्षीय धिरेन्द्र धामीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट शुद्ध तौल गर्दा ९० मिलिग्राम हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरीका अनुसार हेरोइन उनीहरूले सेवन गर्न तयारी अवस्थामा राखेका थिए। दुवैलाई नियन्त्रणमा लिएर लागू औषध ऐनअन्तर्गत थप अनुसन्धान सुरु गरिएको छ।

यो घटनाले कैलालीको गोदावरी क्षेत्र लागू औषध दुरुपयोगको चपेटामा रहेको तथ्यलाई उजागर गरेको छ। स्थानीयवासीले यस्ता गतिविधिलाई रोक्न थप कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.