अत्तरियामा लागू औषधसहित दुई युवक पक्राउ

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

कैलालीको गोदावरी नगरपालिका-२ स्थित लोटस गल्लीमा लागू औषध (हेरोइन) सेवन गरिरहेको अवस्थामा दुई युवकलाई पक्राउ गरिएको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत अपराध अनुसन्धान शाखाको टोलीले साँझ ५:३० बजे योगेश सिंह धामीको कोठामा छापा मारी गोदावरी नगरपालिका-२, तेघरीका ३२ वर्षीय सुरेन्द्र भट्ट र २८ वर्षीय धिरेन्द्र धामीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट शुद्ध तौल गर्दा ९० मिलिग्राम हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

समाजिक विकास कार्यालय

प्रहरीका अनुसार हेरोइन उनीहरूले सेवन गर्न तयारी अवस्थामा राखेका थिए। दुवैलाई नियन्त्रणमा लिएर लागू औषध ऐनअन्तर्गत थप अनुसन्धान सुरु गरिएको छ।

यो घटनाले कैलालीको गोदावरी क्षेत्र लागू औषध दुरुपयोगको चपेटामा रहेको तथ्यलाई उजागर गरेको छ। स्थानीयवासीले यस्ता गतिविधिलाई रोक्न थप कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.