रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधको आरोपमा अनुसन्धान भइरहेका लामिछानेलाई यसअघि थपिएको म्याद सकिएपछि पुनः अदालतमा पेश गरिएको हो।

जिल्ला वन डोटी

कास्की प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको जनाएको छ। प्रहरीका अनुसार लामिछानेमाथि सहकारी ठगीसँगै विभिन्न जिल्लामा अनुसन्धान र बयानका क्रममा नयाँ तथ्यहरू उजागर भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

रवि लामिछाने २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी कास्की प्रहरी हिरासतमा छन्। अनुसन्धानका क्रममा उनलाई रुपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्ला पुर्‍याएर बयान लिइएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.