डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदे आलु खेती

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी -विगतमा घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका डोटीका किसान अहिले व्यावसायिक आलु खेती तर्फ आकर्षित भएका छन् । डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदेआलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

चक्लावन्दिमा आलु खेति तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अहिले जिल्लाको शिखर नगरपालिका, केआई सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका किसानहरुले  चक्लावन्दिमा आलु खेति गरिरहेका छ्न ।
जिल्लामा लगभग २ सय जनाको   हाराहारीमा ब्यवसायिक आलु खेती गर्ने किसानको  संख्या रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्तथिले बताउनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

शिखर नगरपालिका- १ कपल्लेकी (गुठेउरी)का किसान इन्द्र खत्रीले १५ रोपनी जमिनमा हिउँदे
आलु खेती गर्नु भएको छ । गाउँ सम्म पुग्ने सडक निर्माण भएको भएपनी यो बर्ष रोड सफाइको काम नहुदा आलु लगायत कृषि उपजहरु बजार सम्म पुर्याउन  समस्या हुने उहाँले बताउनु भयो । पोहोर साल केजिको ४० रुपैयाँ सम्ममा आलु बिक्रि गरेको बताउदै आलु खेती लगायत टमाटर लसुन लगायतको खेती गर्दै आएका छु कृषि गरेर छोरा छोरी लगायत घर खर्च चलाउन सहज भएको उहाँले बताउनु भयो ।

हिउँदे आलुमा देखिने रोग किराको लागि निःशुल्क रुपमा विषादी बिउ आलुमा अनुदान यस वर्षबाट नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मलचिङमा आलु खेती विस्तार र जसले कम पानीमा पनि आलुको उत्पादन बढाउन सकिने लगायत सिचाईमा पनि सघाउने गरेको छौ  । यो वर्ष पनि आलुको अवस्था राम्रो  रहेको छ । मौसमले साथ दियो भने यस वर्ष हिउँदे आलुको उत्पादन बढ्ने आँकलन रहेको   प्रमुख अवस्तथिले बताउनु भयो ।

किसानहरूले लसुन खेती पनि गर्दै आएका र धेरै जस्तो  झारपातको समस्या हुने गरेको छ। यसलाई रोक्न यस वर्षदेखि नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङमा लसुन खेती गर्ने कार्यक्रम समेत सुरु भएको उहाँले बताउनुभयो पछिल्लो समय डोटीमा व्यवसायिक कृषि पेशा गर्नेको संख्या समेत वृद्धि हुँदै गएको देखिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.