एनपीएल फाइनलमा जनकपुर समर्थकमाथि आक्रमण गरेको आरोपमा डोटीका दुई युवक पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

गत शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलपछि यस्तो घटना भएको थियो।

जिल्ला वन डोटी

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल कीर्तिपुर नगरपालिका–८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

दुवैजना पराजित सुदूरपश्चिम रोयल्सका समर्थक भएको खुलेको छ। जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पराजित गरी एनपीएलको पहिलो सिजनको उपाधि जितेपछि ती युवकले समर्थकमाथि अपमानजनक शब्द प्रयोग गर्दै साम्प्रदायिक सद्भाव बिगार्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

पीडितको जाहेरी र संकलित प्रमाणका आधारमा उनीहरूलाई आइतबार राति पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ। यस घटनामा अन्य संलग्न व्यक्तिहरूको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.