“सी लिड अवार्ड” कार्यक्रममा जोरायल गाउँपालिकाको कृषि उत्पादनको उत्कृष्ट प्रदर्शनी

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्यान्डमा आयोजित “सी लिड अवार्ड” कार्यक्रम अन्तर्गत १०० पालिकाहरूको कृषि उत्पादनको प्रदर्शनीमा जोरायल गाउँपालिकाले प्रमुख स्थान ओगटेको छ। प्रदर्शनीमा विभिन्न पालिकाले आफ्ना विशिष्ट उत्पादन र चिनारी प्रस्तुत गरेका थिए, जसमा जोरायल गाउँपालिकाले आफ्नो कृषिको जैविक उत्पादनहरूको उत्कृष्टता र बजार सम्भावनामा देखाएको अग्रणी पहललाई प्रमुख रूपमा प्रस्तुत गरेको थियो।

जोरायल गाउँपालिकाबाट प्रदर्शित कृषि उत्पादनहरूमा सुन्तला, बास्मती चामल, बदाम, चुक, मह, तिल, सिमी लगायतका जैविक उपजहरू रहेका थिए। उच्च गुणस्तर र जैविक विधिहरू प्रयोग गरेर उत्पादन गरिएको उपजहरुले पालिकाको पहिचान र स्थानीय कृषकहरूको मेहनत तथा समर्पणलाई प्रमाणित गरेको थियो।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

कार्यक्रममा प्रमुख अतिथिहरूको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए, जसले प्रदर्शनी स्थलमा रहेका स्टलहरू अवलोकन गर्दै उत्पादनहरूको गुणस्तर र सम्भावनामा चासो देखाएका थिए। प्रधानमन्त्रीले कृषिको विकास र स्थानिय उत्पादनहरूको प्रवर्द्धनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

जोरायल गाउँपालिकाको नेतृत्वमा अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडा अध्यक्षहरू जगत बहादुर मल्ल, वीर बहादुर दर्लामी, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बहादुर बोहरा लगायतका कार्यपालिका सदस्यहरू, विभिन्न बिषयगत साखाका कर्मचारी ,जैविक विविधता संरक्षण कृषि सहकारीका व्यवस्थापक र पालिकाका अग्रणी कृषकहरूको सक्रिय सहभागिता थियो।

कार्यक्रममा उपभोक्ताहरूले जोरायल गाउँपालिकाका जैविक उत्पादनहरूको गुणस्तरको प्रशंसा गर्दै उत्पादनहरू किनेर लगेका थिए। जसले जोरायलको कृषि उत्पादन ,यसको बजार सम्भावना र प्रभावकारिता को पुष्टि गरेको छ। प्रदर्शनी स्थलमा उपस्थित उपभोक्ताहरूले भने, “जोरायलका उत्पादनहरू उच्च गुणस्तरीय र विशुद्ध छन्, जसले ग्रामीण कृषकहरूको कडा मेहनत र समर्पणलाई झल्काउँछ। यसले स्थानीय कृषि उत्पादनको बजार विस्तार र प्रचारमा ठूलो सहयोग पुर्‍याउनेछ।”

त्यस्तै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, “हामीले हाम्रो गाउँपालिका र कृषकहरूको उत्पादनलाई राष्ट्रियस्तरमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको छ। यस प्रदर्शनीले हाम्रो उत्पादनलाई न केवल पहिचान दिन्छ, बरु यसले कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ। आगामी दिनमा यस्ता प्रदर्शनीहरूले हाम्रो उत्पादनलाई अझ प्रतिस्पर्धी बनाउन र बजारमा थप स्थान बनाउन मद्दत गर्नेछन्।”

उपाध्यक्ष जमुना बोहराले खुसी व्यक्त गर्दै “जोरायलका कृषकहरूले उत्पादन गरेको जैविक वस्तुहरूलाई राजधानीका उपभोक्ताहरूको चासोले थप प्रोत्साहन मिलेको छ।यसले कृषकहरूको कडा मेहनत र उन्नतिका लागि थप मार्ग प्रशस्त गरेको र गाउँपालिकाले कृषि क्षेत्रको समृद्धिका लागि आगामी दिनमा थप पहल गर्ने छ ।”

यस प्रदर्शनीले जोरायल गाउँपालिकाको कृषि उत्पादनलाई राष्ट्रिय बजारमा थप स्थापित गर्ने अवसर प्रदान गरेको छ, साथै यसले अन्य स्थानिय उत्पादनहरूको मूल्य र बजार सम्भावना बुझ्नका लागि ठूलो मञ्चको रूपमा कार्य गरेको छ। कृषकहरूको मेहनत र उत्पादनको गुणस्तरलाई प्रोत्साहित गर्दै, यसले बजारीकरणमा सहयोग पुर्‍याउन, ग्रामीण क्षेत्रको विकास र समृद्धिमा योगदान पुर्‍याउने प्रमुख कदमको रूपमा स्थान पाएको सहभागीहरुले बताएका छन ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.