
धनगढी, – धनगढीमा १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गाैरीगंगा नगरपालिकाको बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार पीडित युवतीले चौधरीले आफूलाई धनगढीको जाखोर ताल क्षेत्रको जंगलमा पटक-पटक जबर्जस्तीकरणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले पीडितले आफूलाई बैशाखदेखि भदौ महिनासम्म बलात्कार भएको दाबी गरेपछि अनुसन्धान थालिएको जानकारी दिए।
पीडितको जाहेरीका आधारमा आरोपितलाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढाइएको डीएसपी बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


