कैलालीमा लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली – लागूऔषध नियन्त्रण अभियानअन्तर्गत कैलाली प्रहरीले खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरेको छ।

जिल्ला वन डोटी

पुस २५ गते लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका र आसपासका क्षेत्रमा शंका लागेका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

पक्राउ पर्नेहरूमा धनगढी उप-महानगरपालिका वडा नं. १३ का २४ वर्षीय शंकर राना, वडा नं. ७ का ३५ वर्षीय राजकुमार राना, वडा नं. ८ का ४२ वर्षीय भक्त राना, र सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं. १४ निवासी ३० वर्षीय अवतार हुसेन मातर रहेका छन्।

प्रहरीका अनुसार, शंकर रानाको साथबाट ४.८८ ग्राम, राजकुमार रानाको साथबाट ९० मिलिग्राम, भक्त रानाको साथबाट २.२३ ग्राम, र अवतार हुसेनको साथबाट ९.६७ ग्राम खैरो हिरोइन बरामद गरिएको हो। अवतार हुसेनसँगै से.७ प. १५५ नं.को मोटरसाइकल पनि बरामद गरिएको छ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.