कैलालीमा लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

कैलाली – लागूऔषध नियन्त्रण अभियानअन्तर्गत कैलाली प्रहरीले खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरेको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

पुस २५ गते लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका र आसपासका क्षेत्रमा शंका लागेका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

पक्राउ पर्नेहरूमा धनगढी उप-महानगरपालिका वडा नं. १३ का २४ वर्षीय शंकर राना, वडा नं. ७ का ३५ वर्षीय राजकुमार राना, वडा नं. ८ का ४२ वर्षीय भक्त राना, र सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं. १४ निवासी ३० वर्षीय अवतार हुसेन मातर रहेका छन्।

प्रहरीका अनुसार, शंकर रानाको साथबाट ४.८८ ग्राम, राजकुमार रानाको साथबाट ९० मिलिग्राम, भक्त रानाको साथबाट २.२३ ग्राम, र अवतार हुसेनको साथबाट ९.६७ ग्राम खैरो हिरोइन बरामद गरिएको हो। अवतार हुसेनसँगै से.७ प. १५५ नं.को मोटरसाइकल पनि बरामद गरिएको छ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.