किवी खेतीबाट आत्मनिर्भरता प्राप्त गर्दै डडेल्धुराका किसानहरू

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

डडेल्धुराको आलिताल गाउँपालिका-२ र आसपासका क्षेत्रका किसानहरूले किवी खेतीमा सफलता पाउँदै आत्मनिर्भरता हासिल गरेका छन्। यस क्षेत्रका किसानहरू अहिले किवी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दैछन्। तीन वर्षअघि सुरु भएको किवी खेती यहाँका किसानहरूको प्रमुख व्यवसायको रूपमा विकसित भएको छ।

आलितालका लक्ष्मण थापामगरले किवी खेतीबाट वार्षिक रु. पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन्। थापामगरको ध्रुव कृषि फार्ममा रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन जस्ता किवीका विभिन्न प्रजातिका बिरुवा उत्पादन र बिक्री भइरहेको छ। उनले आलिताल-२ को लामिटुडामा १५ रोपनी जमिनमा किवीखेती गर्दै, अमरगढी-२ कुस्मालीमा पनि फार्मको शाखा स्थापना गरेका छन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

थापामगरले अहिले पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेका छन्। प्रत्येक बिरुवा रु. १५० मा उपलब्ध गराइन्छ र डेढ रोपनी जमिनमा किवीको बेर्ना पनि उत्पादन गरिरहेका छन्। किवीको बेर्ना उत्पादनमा राम्रो आम्दानी हुने र यसलाई एक हप्तामा गोडमेल गर्नुपर्ने जानकारी थापामगरले दिएका छन्।

डडेल्धुरामा अहिले ४०–५० किसान किवीखेती गर्दै छन्। कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले किवीखेतीलाई आकर्षक बनाउने कारणको बारेमा बताउँदै भने, “डडेल्धुरामा किवीखेतीका लागि उपयुक्त जलवायु भएकाले किसानहरूले यसतर्फ बढी आकर्षण देखाएका छन्।”

यसरी किवी खेतीले डडेल्धुराका किसानहरूको जीवनस्तर सुधार्दै, क्षेत्रीय अर्थतन्त्रमा योगदान पुर्याउँदै सफलता प्राप्त गरिरहेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.