
कैलाली । कैलाली जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरियास्थित राष्ट्रिय वाणिज्य बैंक नजिक लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेकोछ ।

बुधबार साँझ ५:३० बजे अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले सो क्षेत्रको निगरानी गर्दै जाँदा तेघरी बस्ने २२ वर्षीय धिरज बलायरलाई शंका लागी जाँच गर्दा उनको पाइन्टको बाँया खल्तीमा लुकाइ राखेको २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ।

लागू औषधसहित पक्राउ परेका बलायरलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।



