लागू औषध (चरेश) सहित ७१ वर्षीय व्यक्ति पक्राउ

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डडेल्धुरा, – डडेल्धुरामा लागू औषध चरेश सहित एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला वन डोटी

बुधबार दिउँसो करिब १ बजे जिल्ला डडेल्धुरा, अमरगढी नगरपालिका-१, स्याउलेस्थित भीमदत्त राजमार्गमा बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना. ७ ख ४०९ नम्बरको बसमा यात्रारत एक व्यक्तिलाई लागू औषध सहित पक्राउ गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरीका अनुसार बसको सिट नम्बर B7 मा यात्रा गरिरहेका बझाङ, छविसपाथिभेरा-३ निवासी ७१ वर्षीय चन्द्र देव जैशी लागू औषध लिएर हिँडेको सूचना प्राप्त भएपछि प्रहरीले उनलाई जाँच गरेको थियो। जाँचका क्रममा बसको सिटमाथि रहेको र्‍याकमा प्लास्टिकको कट्टाभित्र पिडालुसँग मिसाएर राखिएको ७८४ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमको कमाण्डमा खटिएको टोलीले जैशीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.