धनगढीमा प्रथम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको आयोजनामा धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा माघ २६ गतेदेखि सुरु भएको प्रथम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ आज सम्पन्न भएको छ।

समापन समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, मन्त्रालयका सचिव यज्ञराज जोशी, कृषि विकास निर्देशनालयका उच्च पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, किसान, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। कृषि तथा पशुपन्छी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सयौं अगुवा कृषकलाई प्रमाणपत्र तथा नगद पुरस्कार दिइएको छ।

जिल्ला वन डोटी

कृषि तथा पशुपन्छी मेलाले कृषि क्षेत्रमा प्रयोग भइरहेका नवीन प्रविधिहरूको प्रदर्शन, उत्पादन वृद्धि, किसानको आर्थिक सशक्तीकरण र व्यावसायिक कृषिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। मेलामा आधुनिक कृषि उपकरण, बीउ बिजन, मलखाद, पशुपन्छी आहार, दुग्ध तथा मासु उत्पादन प्रविधि, जैविक उत्पादन प्रणाली र स्मार्ट खेतीसम्बन्धी प्रविधिहरूको प्रदर्शनी गरिएको थियो।

मेलामा किसान, कृषि उद्यमी, अनुसन्धानकर्ता तथा विज्ञहरूबीच अनुभव आदानप्रदान, कृषि नीति तथा अनुदान सम्बन्धी जानकारी, विपणन अवसरका सम्भावना लगायतका विषयमा छलफल भएका थिए। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि र पशुपन्छी व्यवसायलाई आत्मनिर्भर बनाउने लक्ष्य मेलाले राखेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री वीर बहादुर थापाले कृषि तथा पशुपन्छी क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा किसानलाई थप अनुदान, प्रविधि तथा बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव यज्ञराज जोशीले व्यावसायिक कृषि प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममार्फत थप लगानी गरिने जानकारी गराए।

स्थानीय किसान तथा व्यवसायीहरूले मेलाले कृषि क्षेत्रमा नवीनतम प्रविधि र जानकारी पाउने अवसर दिएको भन्दै आगामी वर्षहरूमा अझ व्यापक रूपमा मेला आयोजना गर्नुपर्ने माग गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.