लेनदेन विवादमा गोली प्रहार : बैतडीमा एक युवकको मृत्यु

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

बैतडी – लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका–८ का २२ वर्षीय सुरेन्द्र बिष्टको मृत्यु भएको छ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका करिब ४५ वर्षीय कर्ण बिष्टले शनिबार राति करिब ९:३० बजे सुरेन्द्र बिष्टलाई गोली प्रहार गरेका थिए। गोली लागी गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेन विवादकै कारण गोली प्रहार भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीका प्रवक्ताले जानकारी दिएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.