डोटीमा हाडे ओखरमा Top Working प्रविधिको सफल प्रयोग, कृषक उत्साहित

पुन्ना तालिम केन्द्र

डोटी:- कृषि ज्ञान केन्द्र डोटीको बगैँचा सुदृढिकरण अभियान अन्तर्गत हाडे ओखरमा गरिएको Top Working प्रविधि सफल भएको छ। सायल गाउँपालिका, आदर्श गाउँपालिका, के.आई.सिंह गाउँपालिका, जोरायल गाउँपालिका र पूर्वी चौकी गाउँपालिकामा सञ्चालन गरिएको यो प्रविधिले सकारात्मक नतिजा दिएको छ।

पुराना हाडे ओखरका बोटमा दाते ओखरको टप वर्किङ प्रविधि प्रयोग गरी उत्पादनमा गुणस्तर तथा मात्रात्मक वृद्धि गर्ने उद्देश्यले गरिएको यो प्रयास सफल भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिनुभयो। उहाँका अनुसार गत माघ २५ गतेदेखि फाल्गुण १५ गतेभित्र सम्पन्न गरिएको यस कार्यले कृषकहरूमा ठूलो आशा र उत्साह सिर्जना गरेको छ।

जिल्ला वन डोटी

“कृषकहरु पुराना हाडे निस्केका ओखरका बोटहरुले के गर्ने भनि हैरान भएकामा अव उप्रान्त यस Top working प्रविधिले दाते वनाउन सकिने भएकाले कृषकहरुको समस्यामा मलम पुग्ने विश्वास लिइएको छ” प्रमुख अवस्थीले भन्नुभयो।

यस कार्यमा कृषि अनुसन्धान परिषद (नार्क) जुम्ला, सुख्खा फलफूल विकास केन्द्र बैतडी, सरोकारवाला पालिकाका कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरू र कृषि ज्ञान केन्द्र डोटीका कर्मचारीहरूको विशेष सहयोग रहेको थियो। अभियानको सफलतामा उनीहरू सबैलाई धन्यवाद दिँदै आगामी आर्थिक वर्षमा यस कार्यक्रमलाई अझ सशक्त बनाइने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।

डोटीका विभिन्न गाउँपालिकामा परीक्षणका रूपमा गरिएको हाडे ओखरमा Top Working प्रविधिको सफल प्रयोग भएपछि कृषक उत्साहित हुनुको साथै यो प्रविधिले आगामी दिनमा बगैँचा सुदृढिकरण मार्फत आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.