जोरायलमा सुरु भयो प्रसिद्ध बास्मती धानको रोपाइँ, प्रविधिको प्रयोगले कृषक उत्साहित

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी ,जोरायल -डोटीको जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै उत्पादन हुने नेपालकै प्रसिद्ध बास्मती धानको रोपाइँ जेठ दोस्रो सातादेखि सुरु भएको छ। स्वाद, सुगन्ध र गुणस्तरका कारण देशभर लोकप्रिय यस धानको रोपाइँ यस वर्ष प्रविधिमैत्री शैलीमा थालिएको हो।

यसपालि परम्परागत गोरु जोत्ने पद्धतिको सट्टा धेरै किसानले मिनिटिलर प्रयोग गरेर खेत तयारी गरेका छन्। सबैले होइन, तर अधिकांश किसानले प्रविधिको उपयोग गर्न थालेका छन्। यान्त्रिक प्रयोगले खेत छिटो जोत्न सकिने, श्रम घट्ने र लागत कम हुने भएकाले कृषकहरू प्रविधिप्रति उत्साहित देखिएका छन्।

कृषि ज्ञान केन्द्र डोटी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराको सहकार्यमा किसानलाई मिनिटिलर वितरण गरिएको हो। बालीको उत्पादनलाई प्रविधिमैत्री बनाउने लक्ष्यले कार्यालयले यी यन्त्रहरू कृषकको पहुँचमा ल्याएको हो।

जिल्ला वन डोटी

जोरायल–३ का कृषक भक्तराज अवस्थी भन्छन्, “मिनिटिलर प्रयोग गरेर खेत जोत्न धेरै सजिलो भयो। श्रम कम, खर्च घट्यो र समय पनि बचत भयो। यो प्रविधि खास गरी गोरु र मजदुरको अभावमा निकै उपयोगी भएको छ।”

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार, बास्मती धानको रोपाइँमा धेरै किसानले मिनिटिलर प्रयोग गर्न थालेका छन्। यो यन्त्रले धानसँगै तरकारी, दलहन र खाद्यान्न बालीहरूमा पनि राम्रो सहयोग पुर्‍याएको छ।

उनले भने, “हाम्रो उद्देश्य केवल खेती सजिलो बनाउने मात्र होइन, बालीको उत्पादन प्रक्रिया नै प्रविधिमैत्री बनाउने हो। त्यसैले हामीले यान्त्रिक उपकरणहरू वितरण गरेका हौं र आगामी दिनमा थप तालिम, प्राविधिक सहयोग र पहुँच विस्तार गर्दै जानेछौं।”

स्थानीय तहले पनि कृषि यान्त्रिकीकरण, सिंचाइ सुविधा र व्यावसायिक उत्पादनलाई प्राथमिकतामा राखेको छ। बजारमा उच्च मूल्य पाउने बास्मती धानले कृषकको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उत्पादन र गुणस्तर दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

जोरायल–३ र ४ का उपत्यकाका केही विशिष्ट क्षेत्रमै मात्रै उत्पादन सम्भव हुने यो बास्मती धान परम्परा र प्रविधिको संयोजनमा नयाँ युगतर्फ उन्मुख हुँदैछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.