‘रुपसकाँडाबाट रुवसडाँडा’ बन्ने कृषि सपना

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – डोटीको जोरायल गाउँपालिका–०२ स्थित रुपसकाँडामा ३५ जना कृषकको सक्रिय सहभागितामा सामूहिक वन्दा खेती सुरु गरिएको छ। “सिद्ध बावा कृषक समूह”को नेतृत्वमा सञ्चालन गरिएको यो कृषि गतिविधि कृषि ज्ञान केन्द्र डोटीको प्राविधिक सहयोग र जोरायल गाउँपालिकाको समन्वयमा “वाली बस्तुमा Large Plot Demonstration” कार्यक्रमअन्तर्गत सुरु गरिएको हो।

भीमदत्त राजमार्गको बुडर नजिकै पर्ने, सडक सञ्जालसँग राम्रोसँग जोडिएको तथा उर्बर जमिन भएको रुपसकाडा क्षेत्र व्यावसायिक कृषि विस्तारका लागि उपयुक्त मानिएको छ। सडक किनारमै भएकोले उत्पादनको बजार व्यवस्थापन सहज हुने, समयमै कृषि सामाग्री तथा प्राविधिक सेवा पुग्ने, र कृषकहरूको पहुँच व्यापक हुने सम्भावना देखिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सामूहिक वन्दा खेती अन्तर्गत अहिले त्यहाँका कृषकहरूले प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग गरेर खेतमा वन्दा रोप्ने तयारी गरिरहेका छन्। तलदेखि माथिसम्म सिँचाइ सुविधा मिल्ने गरी सिँढे आकारमा बाँडिएका फाँटहरूमा जोतिएको जमिन, प्लास्टिकले छोपिएका भागहरू, हरियाली बस्तीहरूबीच विस्तार हुँदै गरेको खेत प्रणालीले यस क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र उत्पादनमुखी बनाउँदै लगेको छ।

कृषकहरूले सामूहिक रूपमा एउटै बाली एउटै ठाउँमा लगाउँदा लागत घट्ने, उत्पादनमा समानता आउने, रोग तथा किराको व्यवस्थापन सजिलो हुने, र आपसी सहयोगमा दृढता आउने अनुभव गरेका छन्। यस प्रकारको सहकार्यले स्थानीय स्रोतको समुचित उपयोगसहित उत्पादन वृद्धिमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले भने, “स्थानीय स्रोत, उर्जाशील कृषक र प्रविधिको समायोजनले डोटीका पहाडी भेगहरूमा पनि व्यावसायिक कृषि सम्भव छ भन्ने उदाहरण रुपसकाडाले दिएको छ। सामूहिक वन्दा खेतीको यो प्रयास ‘रुपसकाडा’लाई साँच्चिकै ‘रुवस डाँडा’ बनाउने हाम्रो अभियानको सार्थक यात्रा हो। कृषि ज्ञान केन्द्र डोटी यसलाई अझ विस्तार गर्न आवश्यक प्राविधिक सेवा, तालिम तथा बीउ–बिजन उपलब्ध गराउन निरन्तर सक्रिय रहनेछ।”

विकासको मूलधारमा आउन थालेको रुपसकाडाले कृषिमा देखाएको चासो र प्रयास उदाहरणीय छ। धनगढी–बुडर हुँदै डोटी झर्दै जाने जो–कोही कृषक, विद्यार्थी वा कृषि चासो राख्ने व्यक्तिहरूलाई यो सामूहिक वन्दा खेतीको अभ्यास नजिकबाट हेर्ने अवसर पनि कृषि ज्ञान केन्द्र डोटी र जोरायल गाउँपालिकाले उपलब्ध गराएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.