डोटीको शिखर नगरपालिकामा मुङ खेतीको सफल प्रवर्द्धन, खाली जमिन उत्पादनशील प्रयोग

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, –कृषि ज्ञान केन्द्र डोटी र शिखर नगरपालिकाको समन्वयमा गहुँ बाली भित्र्याएपछि करिब तीन महिनासम्म खाली रहने खेतमा मुङ खेती प्रवर्द्धनको सफल पहल गरिएको छ। यस प्रयासअन्तर्गत हाल शिखर नगरपालिका–६ (तलकोट क्षेत्र), वडा नं. २, ८ र १० मा मुङ खेती सुरु भइसकेको छ।

मुङ खेतीले उत्पादन वृद्धिसँगै माटोमा नाइट्रोजन थपेर उर्वराशक्ति बढाउने भएकाले आगामी धान बालीमा समेत सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ। यसबाहेक मुङबाट प्राप्त दालले पोषणमा समेत टेवा पुग्ने कृषि विज्ञहरू बताउँछन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार, “गहुँपछिको खाली जमिनमा मुङ खेतीको प्रयोगले बाली सघनता वृद्धि मात्र होइन, कृषकको आम्दानी र माटोको स्वास्थ्यमा समेत सुधार ल्याउने देखिएको छ। यो अभ्यास अन्य जिल्लाहरूका नदी फाँटहरू—विशेषतः कैलाली, कञ्चनपुर लगायत स्थानहरूमा पनि विस्तार गर्न सकिने सम्भावना छ।”

उनले थपे, “देशको भौगोलिक विविधता र जलवायुलाई दृष्टिगत गर्दा गहुँ पछिको अवधिमा मुङ, कोदो, वसन्ते मकै, चैते धान, चिनो जस्ता बालीहरूको समायोजन गरेर बाली सघनता वृद्धि गर्न सकिन्छ। तर, यस्ता सम्भावनाको अझै पूर्ण उपयोग हुन बाँकी छ।”

कृषि ज्ञान केन्द्रले “बाली सघनता वृद्धि : कृषकको समृद्धि” भन्ने नारालाई व्यवहारमा उतार्दै अगामी वर्ष प्रदेश सरकारको नेतृत्वमा यसलाई अभियानकै रूपमा विस्तार गर्न सकिने विश्वास लिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.