गौरीगंगा नगरपालिकामा २२ औँ राष्ट्रिय धान दिवस विविध कार्यक्रमसहित सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

हेमन्त बाजे, चौमाला
कैलाली — कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाले एक विशेष कार्यक्रम आयोजना गर्दै २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गौरीगंगा–४, राजिपुरमा उत्साहपूर्वक सम्पन्न गरेको छ।

‘धानबालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित गौरीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा तथा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा नगरप्रमुख देबिदत्त कँडेल, उप–प्रमुख भोजबहादुर बम, शिक्षा शाखा प्रमुख हरिस पन्त, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। उपस्थित सबैले खेतमा उत्रेर परम्परागत शैलीमा धान रोपाइँ गरेर दिवस मनाए।

कार्यक्रममा बोल्दै नगरप्रमुख कँडेलले कृषिमा नयाँ प्रविधिको प्रयोग गर्दै किसानलाई व्यावसायिक बनाउनेतर्फ नगरपालिकाले प्राथमिकता दिएको बताउँदै, “स्थानीय सरकारले कृषिमा नागरिकलाई सक्रिय रुपमा सहभागी गराउँदै उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखेको छ,” भन्ने धारणा व्यक्त गरे।

गौरीगंगा नगरपालिकाले प्रत्येक वर्ष धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम गर्दै आएको छ। यसपटकको दिवसले स्थानीय किसानहरूमा उत्साह थपेको सहभागीहरूको भनाइ थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.