गावर गाउँमा तरकारी खेती फस्टाउँदै, किसान आत्मनिर्भरतातर्फ

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । जोरायल गाउँपालिका–६, गावर गाउँका किसानहरू पछिल्लो समय तरकारी उत्पादनमा सक्रिय बन्दै गएका छन्। परम्परागत अन्न उत्पादनमा मात्र निर्भर रहने गरेका किसानहरू अहिले धनिया, रायोको साग, मुला र बन्दाजस्ता तरकारी खेतीमा लागेका छन्।

स्थानीय युवा करन साउँदका अनुसार गाउँमा पहिला बर्षमा दुई खेति अन्न मात्र लगाउने गरेकोमा २०७४ साल पछि व्यवसायीक तरकारी खेतीले गाउँको मुहार फेरिदै गएको र अहिले मौसमी तरकारी उत्पादन राम्रो भइरहेको छ। “बारीभरि हरियाली छ, किसानहरू बिहान साँझ बारीमा खटिन्छन्,” उनले भने, “धेरै परिवारहरू अहिले तरकारीबाट आम्दानी गर्न थालेका छन्।”

गाउँमा सिँचाइ सुविधा पनि सन्तोषजनक रहेको किसानहरूको भनाइ छ। विशेषतः गावर गाउँमा निर्माण गरिएको नहर प्रणालीले बारीहरूमा सिँचाइ सहज बनाएको छ। सिँचाइको यो सुविधाले तरकारी उत्पादनमा उत्साह थपेको छ।

जिल्ला वन डोटी

कृषक मीन बहादुर साउँद भन्छन्, “नहरबाट पानी आउने भएपछि बाली सप्रिएको छ, मासिक रूपमा २० – २५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ।” उनका अनुसार खेतीले आत्मनिर्भरता तर्फको बाटो खोलिदिएको छ।

महिला कृषकहरूको पनि तरकारी खेतीमा उल्लेखनीय भूमिका देखिएको छ। महिला समूहहरू सामूहिक रूपमा बारी जोती, सागसब्जी खेतीमा सक्रिय रहेका छन्। महिलाहरूको श्रम र सहकार्यले गाउँको कृषि प्रणालीलाई थप मजबुत बनाएको छ।

यद्यपि, गुणस्तरीय बिउ, पर्याप्त मलखाद, आधुनिक प्रविधि तथा बजार पहुँचका विषयमा किसानहरू अझै केही चुनौती झेलिरहेका छन्। उनीहरूले तालिम तथा सरकारी निकायको सहकार्यको अपेक्षा राखेका छन्।

जोरायल गाउँपालिकाले भने कृषि क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सहयोग र सहजीकरण गर्दै जाने जनाएको छ।गावर गाउँका किसानहरूको निरन्तर मिहिनेत र हरियाली बारीहरूले अब यो गाउँलाई आत्मनिर्भर तरकारी उत्पादनको नमूना बस्तीको रूपमा चिनाउने विश्वास गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.