डिभिजन सडक जनचेतनामूलक सन्देश

केटासँगै भाग्दै गरेकी एक महिला धनगढी विमानस्थलबाट पक्राउ

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

केटासँगै भाग्दै गरेकी एक महिला धनगढी विमानस्थलबाट पक्राउ परेकी छन्।आज शुक्रबार) जिल्लाको लम्कीचुहा नगरपालिका–८ की करिब ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन्। उनी श्री एयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटको फ्लाइटमा उड्ने तयारीमा थिइन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

तर बोडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि सोधपुछ गर्दा महिला अर्कै पुरूषसँग गइरहेको खुलेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं लगिरहेको अवस्थामा सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका करिब ३५ वर्षीय सुलेमान मनसुरीलाई धनगढी विमानस्थलबाटै पक्राउ गरिएको छ।

प्रहरीअनुसार उनी महिलालाई लैजान दुबईबाट शुक्रबार नै आएका थिए। उनी सोझै धनगढी आएका थिए। उनीसँग भाग्दै गरेकी महिलाका दुई छोरा छन्। पक्राउ परेका दुवैलाई अहिले  जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान भइरहेको छ।

Dinesh khabar बाट साभार

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.