कृषिमा नवप्रवर्तन र समर्पणको पहिचान: कृषि ज्ञान केन्द्र डोटी सम्मानित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी — प्रभावकारी कार्यक्रम कार्यान्वयन, कृषक–मैत्री सेवा प्रवाह र नवप्रवर्तनशील अभ्यासका आधारमा कृषि ज्ञान केन्द्र डोटीलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमा सम्मान प्रदान गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा मंगलबार  सम्पन्न गोष्ठीमा डोटी केन्द्रले प्रस्तुत गरेको कार्यप्रगति, परिणाम र समर्पणलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान दिइएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार जिल्लामा उत्पादकत्व वृद्धिका लागि विभिन्न किसिमका कृषि प्रविधि प्रदर्शन, साना किसान लक्षित तालिम, व्यवसायिक कृषक समूहसँग साझेदारी, मौसमी तथा बहुमौसमी तरकारी उत्पादन प्रवर्द्धन, फलफूल उत्पादन क्षेत्र विस्तार, मौरीपालन प्रवर्द्धन र अर्गानिक कृषि अभ्यासजस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्।

“यो सम्मान मेहनती कृषकहरू, कृषि शाखा प्रमुखहरू, प्राविधिकहरू र केन्द्रका समर्पित कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम हो,” प्रमुख अवस्थीले भन्नुभयो, “अबको लक्ष्य कृषकहरूको आम्दानी वृद्धि गर्दै डोटीलाई कृषिको उदाहरणीय नमुना बनाउनु हो।”

कृषिमा युवाको आकर्षण बढाउने, महिला कृषकहरूको सशक्तिकरण र जलवायु–स्मार्ट कृषि प्रविधिको विस्तारलाई केन्द्रले आगामी दिनमा प्राथमिकतामा राख्ने जनाएको छ।सम्मानले डोटी जिल्लाको कृषि प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.