सामाजिक संजालको प्रयोग गरि बिशिस्ट ब्यक्तिको चरीत्र हत्या आरोपमा एक युवक पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

समाजिक संजाल ,अन्य डिजिटल प्लेटफर्म र AI लगाएतका प्राविधिको दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेकाछन । पक्राउ पर्नेमा बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ५ का अन्दाजी २२ बर्षिया रमेश बहादुर रावत रहेको प्रहरीको साइवर ब्युरोले जनाएकोछ । पक्राउ परेका युवाले विभिन्न प्राविधिको प्रयोग गरि बिशिस्ट ब्यक्तिहरुको चरीत्रमा निर्मम अघात पुग्ने खालका अतिरंजित तवरबाट कपोकल्पित र भ्रामक सामग्री तयार गर्ने गरेको अनुसन्धान बाट खुलेको ब्यूरोले जनाएको छ ।

निज रावतले तयार गरेको सामाग्रीबाट बिशिस्ट ब्यक्तिहरुको पारिवारिक, सामाजिक र राजनैतिक चरीत्र हत्या हुने गरेकोले प्रहरीले पक्राउ गरेको जनाएको छ । अभियुक्त रावतलाइ साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइवर ब्युरोका प्रबक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए ।उनका अनुसार पकाउ परेका रावतलाइ बिद्धुतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आबस्यक अनुसन्धान भइ रहेकोछ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.