फुटबलको राष्ट्रिय खेलाडी तथा क्याप्टेन भरत शाह माथी आक्रमण गर्ने रितेश थापा र अनन्त थापा लाई ज्यान मार्ने उधोगमा सजाय भयको छ । आज काठमाडौं जिल्ला अदालत का माननीय जिल्ला न्यायाधीश बिष्णु प्रसाद उपाध्याय को उक्त फैसला गरेका हुन । जसमा जाहेरवाला भरत शाहको तर्फ बाट वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठि र अधिबक्ता चुडामणी भणडारिले बहस गरेका थिए ।
कैलालीको लम्की घर भएका फुटबलका राष्ट्रिय खेलाडी भरत शाह माथि यही साउन १०गते प्रहरीका पुर्व वरिष्ठ नायब निरीक्षक निरीक्षक रितेश थापा र अनन्त थापाले गम्भीर घाइते हुने गरि कुटपिट गरेका थिए । नेपाल प्रहरीकै कर्मचारी रहेका शाहमाथि यसरी मरणासन्न हुने गरी कुटपिट भएको थियो ।
खेलाडी शाह नेपाल प्रहरीकै सहायक हवल्दार हुन् । घटनामा संलग्न अनन्त र रितेश पनि राष्ट्रिय टिमका पूर्वखेलाडी हुन् । घटना २०८० साउन १० हो । रितेशले नै भरतलाई भत्केको पुलछेउको झिर रेस्टुरेन्टमा बोलाएका थिए । अनन्तको अस्ट्रेलियाको भिसा लागेको अवसर भनेर सो पार्टी आयोजना गरिएको थियो । दुवैजनाले त्यहाँ बियर पिएका थिए । पछि विवाद भएपछि रितेशले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका शाहको टाउको र शरीरमा गम्भीर चोट लगेको थियो । घाइते भरका दाजु मनोजका अनुसार त्यहीँ रहेका अनन्तराज थापाले समेत आक्रमणका लागि उक्साएकाले उनी विरुद्ध समेत जाहेरी दिइएको बताए । घटनाको छानबिन गर्न प्रहरीले एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
पीडितको तर्फबाट बहस गरेका कानुन ब्यबसायी अधिवक्ता चुडामणि भण्डारीका अनुसार मुख्य अभियुक्त रितेश थापा लाई २ महिना कैद र १० हजार जरिवाना ७० हजार क्षतीपुर्ती बाफत पिडितलाई भराउने र अर्का अभियुक्त अनन्त राज थापा लाई मतियार को रुपमा सजाय गर्दै ८००० जरिवाना गर्नु को साथै ३० हजार पीडित लाई क्षतिपूर्ति भराउने काठमाडौं जिल्ला अदालतले फैसला सुनायको छ । हाल दुबै जना निलम्बन छ्न दोषी ठहर हुँदा उनिहरु दुबै जनाको जागिर समेत खतरामा परेको देखिन्छ । फैसलाको पुर्णपाठ भने आउन बाकी रहेको अधिवक्ता भण्डारीले जनाए । आजको अदालतको फैसलाले आफुलाइ न्यायको अनुभुती भएको जाहेरवाला भरत शाहले बताए ।