डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन ।जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.