डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन ।जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.